Dark Mode

      Subscribe

सृष्टि सहकारी संस्था विराटनगरको साधारणसभा सम्पन्न, सेयर सदस्यहरूलाई पौने १३ प्रतिशत लाभांश

182
SHARES
सृष्टि सहकारी संस्था विराटनगरको साधारणसभा सम्पन्न, सेयर सदस्यहरूलाई पौने १३ प्रतिशत लाभांश

विराटनगर । विराटनगर–२ स्थित सृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको यही २०८२ साल मंसिर ६ गते शनिबार २९ औं साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभामा संस्थाको कार्यनीति कार्ययोजनासहित आर्थिक वर्ष २०८१\०८२ को आम्दानी तथा खर्चको यर्थाथ विवरण र २०८२\०८३ को अनुमानित विवरण प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष मोहनप्रसाद भट्टराईले २०८१\०८२ को वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । यसैगरी उहाँले २०८३\०८४ को प्रस्तावित बजेट तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा असल बचतकर्ता र असल ऋण्ीाको रुपमा ४ जना शेयर सदस्यहरुलाई नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरिएको थियो । संस्थाले असल बचतकर्ताका रुपमा विराटनगर ३ का विनोद खतिवडा, बुढीगंगा १ का लक्ष्मी परियार र ऋणीतर्फ रंगेली २ का बिष्णुकुमार थारु र धनपालथान ३ का देवन्तीकुमारी राजवंशीलाई पुरस्कृत गरेको हो । संस्थाका सेयर सदस्यका सन्ततीहरुमध्ये १०ं प्लस २ मा उच्च अंक हासिल गर्ने एक छात्र र एक छात्रालाई प्रशंसापत्रसहित नगद पुरस्कार दिइयो । कार्यक्रमका प्रमुख अतिथि समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका सदस्य जीवन काफ्ले र आयोजक सहकारीका अध्यक्ष भट्टराईले उनीहरुलाई कदरपत्रसहित जनही ३१ सय नगदसहित सम्मान गर्नु भएको हो ।

 

साधारणसभाको अवसरमा लेखा समितिका संयोजक निवास पोखरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो । यसैबीच यस सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई पौने १३ प्रतिशत लाभांश वितरण गरेको छ । गत आर्थिक वर्षमा संस्थाले गरेको मुनाफाबाट शेयर सदस्यहरुको योगदानको आधारमा उनीहरुको बचत खातामा १२.७५ प्रतिशतका दरले बोनस बापतको रकम जम्मा गरी वितरण गरिएको अध्यक्ष भट्टराईले स्पष्ट पार्नुभयो । २०८२ असार मसान्तसम्म शेयरपुँजी २ करोड ५० लाख ६ हजार १ सय, बचत ९ करोड ६० लाख ९१ हजार ३ सय ७६ र कर्जा लगानी १० करोड ८ लाख ४५ हजार बढी रहेको संस्थाले जनाएको छ ।

साधारणसभाका अवसरमा राष्ट्रसेवक सहकारीका प्रबन्धक कृष्ण भट्टराई र सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष भवनाथ कोइराला लगायतका वक्ताहरूले सहकारीहरुमा बचत जम्मा हुने तर लगानी नहुने वातावरण सिर्जना भएकोमा चिन्ता ब्यक्त गरेका थिए ।

सृष्टि सहकारीको विराटनगर २ मा आफ्नै २ तल्ले पक्की भवनसहितको ५० लाख ८६ हजार रुपियाँ मूल्यभन्दा बढी स्थिर सम्पति रहेको लेखा समिति संयोजक निवास पोखरेलले जानकारी दिनु भयो । संस्थाका लेखापाल प्रकाश सापकोटाका अनुसार २०५३ साल पुष १६ गते स्थापना भएको यस सहकारी संस्थामा हाल १ हजार ४५ महिला सदस्य र ९ सय ९१ पुरुष गरि २ हजार ३६ जना शेयर सदस्यहरु रहेका छन् ।

हाल सृष्टि सहकारी संस्थाको सेयर पुँजी २ करोड ५० लाख ६ हजार १ सय रूपियाँ रहेको छ भने आर्थिक वर्ष २०८१÷०८२ मा सम्पति तथा दायित्वतर्फ १६ करोड ८० लाख ९५ हजार ७ सय ५६ रुपियाँ २५ पैसा रहेको छ । सो अन्तर्गत निक्षेप ९ करोड ६० लाख ९१ हजार ३ सय ७६.७५ रूपियाँ छ भने सेयर सदस्यहरुलाई संस्थाले १० करोड ८ लाख ४५ हजार ५ सय ७६ रुपियाँ ऋण लगानी गरेको छ ।



nationalnews7 nationalnews7   
  • November 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP