Dark Mode

      Subscribe

ओखलढुंगाको चिशंखुगढीमा वृद्ध दम्पतीको हत्या

117
SHARES
ओखलढुंगाको चिशंखुगढीमा वृद्ध दम्पतीको हत्या

ओखलढुंगा। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

एक महिनाअघि पनि चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो ।

वडाअध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनास्थलमा प्रहरी पुगेको बताए । उनले आफू पनि घटनास्थल जाँदै गरेको बताए ।

यसअघि मगर दम्पत्तीको हत्यामा संलग्न आरोपमा ४ जना पक्राउ परेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • January 27, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP