Dark Mode

      Subscribe

एनपीएलमा आज: पोखरा र लुम्बिनी, सुदूरपश्चिम र जनकपुर भिड्दै

117
SHARES
एनपीएलमा आज: पोखरा र लुम्बिनी, सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत शनिबार दुई महत्वपूर्ण खेल हुँदैछन्। दिनको पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुने तय भएको छ।

तीन खेलमध्ये एक जित मात्र हात पारेको पोखरा तालिकाको छैटौँ स्थानमा छ। उता चार खेलमा एक जीत दर्ता गरेको लुम्बिनी सातौँ स्थानमा रहेको छ। पोखराको नेतृत्व कुशल भुर्तेलले गर्नेछन् भने लुम्बिनीलाई राष्ट्रिय टिमका skipper रोहितकुमार पौडेलले कप्तानी गर्नेछन्।

शीर्षस्थानमा रहेको सुदूरपश्चिमको जनकपुरसँग भिडन्त

दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुने छ। चार खेलमा अपराजित रहेको सुदूरपश्चिम ८ अंकसहित तालिकाको शिखरमा छ। तीन खेलमाधि कुनै अंक जोड्न नसकेको जनकपुर भने पुछारमै छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी हुन् भने जनकपुरको नेतृत्व अनिल साहले सम्हाल्नेछन्।

अंक तालिका स्थिति

अपराजित सुदूरपश्चिम ८ अंकका साथ शीर्षस्थानमा अग्रसर छ। पाँच खेलमा एक पराजय बेहोरेको विराटनगरले पनि ८ अंक नै बटुलेको छ तर रनरेटका आधारमा दोस्रो स्थानमा छ। पाँच खेल खेलेको काठमाडौं ६ अंकका साथ तेस्रो स्थानमा छ। चितवन ४ अंकमा पाँचौँ स्थानमा भने कर्णाली, पोखरा र लुम्बिनी समान २–२ अंकसहित क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन्। जनकपुर भने अझै अंक विहीन तालिकाको अन्तिम स्थानमा छ।



nationalnews7 nationalnews7   
  • November 29, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP