Dark Mode

      Subscribe

४६ अंकले बढ्यो नेप्से, ६ अर्ब १२ करोडको कारोबार

2.6K
SHARES
४६ अंकले बढ्यो नेप्से, ६ अर्ब १२ करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयरबजार परिसूचक नेप्से ४६.६९ अंकले बढेको छ । आज नेप्से ४६.६९ अंकले बढेर २६९२ बिन्दुमा रोकिएको हो ।

 

आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ । १७ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ । मंगलबार १ करोड ३३ लाख ७३ हजार कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

आज सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी सानो जलविद्युत् आयोजनाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले समृद्धि फाइनान्स शीर्ष स्थानमा छ ।

 

यसको २४ करोड ७१ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ । मंगलबार नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ ।



nationalnews7 nationalnews7   
  • October 29, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP