Dark Mode

      Subscribe

मस्कको क्यानाडेली नागरिकता खारेजकाे माग गर्दै २ लाख ३० हजारभन्दा बढीकाे हस्ताक्षर

1.3K
SHARES
मस्कको क्यानाडेली नागरिकता खारेजकाे माग गर्दै २ लाख ३० हजारभन्दा बढीकाे हस्ताक्षर

काठमाडौं । २ लाख ३० हजारभन्दा बढी क्यानाडेली नागरिकहरूले इलोन मस्कको क्यानाडेली नागरिकता र राहदानी खारेज गर्न माग गर्दै हस्ताक्षर संकलन गरेका छन् । उक्त पेटिसनमा मस्कले क्यानडाको राष्ट्रिय हितविरुद्ध काम गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै नागरिकता रद्द गर्न माग गरिएको छ ।न्युयोर्क टाइम्सका अनुसार, निवेदनमा भनिएको छ, ‘मस्क एउटा विदेशी सरकारको सदस्य बनेका छन्, जसले क्यानडाको सार्वभौमिकता मेटाउन खोजिरहेको छ।’

ट्रम्पले क्यानडालाई अमेरिकामा गाभ्ने र ५१औँ राज्य बनाउने बताउँदै आएका छन् ।सोमबार सामाजिक सञ्जालमा यो पेटिसनबारे पोस्ट गरिएपछि मस्कले सामाजिक सञ्जाल एक्समा ‘क्यानडा कुनै देश होइन’ भनेर प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि व्यवसायी मस्कलाई संघीय प्रशासनमा व्यापक सुधार ल्याउने जिम्मेवारी दिएका छन्। तर, मस्कको नेतृत्वमा रहेको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ कुनै मन्त्रिस्तरीय विभाग होइन। सोमबार वासिङ्टनस्थित एक न्यायाधीशले ट्रम्प प्रशासनले यस विभागलाई गठन गर्ने तरिका संविधानविपरीत हुनसक्ने निर्णय दिएका छन्।ट्रम्पले जस्तै मस्कले पनि क्यानडाको सार्वभौमिकतामाथि बारम्बार कटाक्ष गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् ।

मस्कको जीवनी लेखक वाल्टर आइज्याक्सनका अनुसार दक्षिण अफ्रिकामा जन्मिएका मस्कले आमा मार्फत क्यानाडेली नागरिकता पाएका थिए। साथै, उनले सन् २००२ मा अमेरिकी नागरिकता पनि प्राप्त गरेका थिए। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पको भनाइलाई मजाकका रूपमा नलिएको र यसलाई गम्भीर रूपमा लिएको बताएका छन्। ट्रम्पले हालै क्यानडाबाट अमेरिका निर्यात हुने सामानमा २५ प्रतिशत शुल्क लगाउने योजना अघि बढाएका छन्।

शनिबार द क्यानाडियन प्रेसले सार्वजनिक गरेको रिपोर्ट अनुसार, मस्कको नागरिकता खारेजीको माग गर्दै क्यानडाका सांसद तथा एनडीपीका नेता चार्ली एङ्गसले एक निवेदन प्रधानमन्त्री ट्रुडोलाई बुझाएका छन्।‘मस्कले आफ्नो सम्पत्ति र शक्ति प्रयोग गरेर हाम्रा निर्वाचनहरूमा प्रभाव पार्न खोजेका छन्,’ लेखक क्वालिया रीडले सुरु गरेको निवेदनमा उल्लेख छ।मस्कले हालै क्यानाडाको मुख्य विपक्षी दल, कन्जर्भेटिभ पार्टीका नेता पियरे पोइलिभरलाई समर्थन जनाउँदै ‘क्यानडाका भविष्यका नेता’ भनेका छन्। उनले प्रधानमन्त्री ट्रुडोलाई ‘गभर्नर’ भनेर व्यंग्य गरेका थिए।



nationalnews7 nationalnews7   
  • February 26, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP