Dark Mode

      Subscribe

हेलिकोप्टरबाट तराई नियाल्दै प्रधानमन्त्री, भने- सुख्खाग्रस्त क्षेत्रको अवस्था हेर्दैछु 

832
SHARES
हेलिकोप्टरबाट तराई नियाल्दै प्रधानमन्त्री, भने- सुख्खाग्रस्त क्षेत्रको अवस्था हेर्दैछु 

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा प्रस्थान गर्नु भएको छ । हेलिकोप्टरबाट सुख्खाग्रस्त नियाल्दै उहाँले सामाजिक फेसबुकमा लेख्नु भएको छ ,” तराईमा सुख्खाग्रस्त क्षेत्रको अवस्था हेर्दै छु। केहीबेरमा यहाँका किसानहरूसँग भेट हुँदैछ। किसानहरूको राहतका लागि सरकारले केहीदिन अघि नै विशेष निर्णय गरेको छ।” प्रधानमन्त्री ओली मन्त्रीहरू र मधेसका नेतालाई साथमा राखेर मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुुलको आजै उद्घाटन गर्दै हुनुहुन्छ । सोही नगरपालिकाको वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

महोत्तरीमै जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुुखोला पुल उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।



nationalnews7 nationalnews7   
  • July 25, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP