Dark Mode

      Subscribe

कारोबार रकम पनि बढेर ९ अर्ब ६४ करोड नाघ्यो

1.4K
SHARES
कारोबार रकम पनि बढेर ९ अर्ब ६४ करोड नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से बढेको छ । नेप्से आज पुन ९ दशमलव १४ अंकले बढेर २७ सय तीन दशमलव ९६ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३११ वटा कम्पनीको ९६ हजार चार सय ११ पटकको कारोबारमा दुई करोड ४९ लाख ७६ हजार ३३६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार छ सय ८० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा आठ वटा समूहको सूचक बढेर पाँच वटा समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ३८ अंकले बढेर १४ सय दुई दशमलव ७१ अंकमा पुगेकोमा बिकास बैंक समूहको सूचक पनि ६७ दशमलव ६७ अंकले बढेर पाँच हजार ६८१ दशमलव २९ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक पनि ९७ दशमलव ९० अंकले बढेर २४ सय ८८ दशमलव ७३ अंकमा पुगेकोमा जीवन बिमा समूहको सूचक पनि ३४५ दशमलव ८८ अंकले बढेर १३ हजार पाँच सय २० दशमलव २० अंकमा पुगेको छ ।

निर्जीवन बीमा समुहको सुचक पनि २७९ दशमलव १९ अंकले बढेर १२ हजार ७१५ दशमलव ३८ अंकमा पुगेकोमा उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः २८ दशमलव १७, शुन्य दशमलव २२ र शुन्य दशमलव ८७ अंकले बढेका छन् ।



nationalnews7 nationalnews7   
  • July 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP