Dark Mode

      Subscribe

चार बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ ! महालेखा परीक्षकको बोर्डमाथि प्रश्न

546
SHARES
चार बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ ! महालेखा परीक्षकको बोर्डमाथि प्रश्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चार जीवन बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न दिएको स्वीकृति सम्बन्धमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। महालेखाले हालै सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमार्फत सो विषयमा चासो व्यक्त गरेको हो। यद्यपि प्रतिवेदनमा सम्बन्धित बीमा कम्पनीहरूलाई ‘लघु बीमा कम्पनी’ भनेर उल्लेख गरिएको छ, जुन तथ्यमा आधारित नभई त्रुटिपूर्ण देखिन्छ। हालसम्म धितोपत्र बोर्डले कुनै पनि लघु बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने अनुमति दिएको छैन।

वास्तविकतामा, महालेखाको प्रतिवेदनले लक्षित गरेका कम्पनीहरू रिलायवल नेपाल लाइफ, आईएमई लाइफ, सन नेपाल लाइफ र सिटिजन लाइफ हुन्, जसलाई पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति दिइएको हो।

‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ को नियम २५ अनुसार, प्रिमियम मूल्यमा धितोपत्र निष्काशन गर्दा सो मूल्य निर्धारणको विधि तथा औचित्य पुष्टि हुनुपर्ने व्यवस्था छ। तर महालेखाले केही जीवन बीमा कम्पनीहरूले सर्वसाधारणमा सेयर निष्काशन गर्दा बोर्डले ती कम्पनीहरूको नेटवर्थ (शुद्ध सम्पत्ति) को समुचित विश्लेषण नगरी प्रिमियम मूल्यमा सेयर निष्काशनको अनुमति दिएको उल्लेख गरेको छ, जसका कारण सर्वसाधारणको लगानी जोखिममा पर्न सक्ने देखिन्छ।



nationalnews7 nationalnews7   
  • May 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP