Dark Mode

      Subscribe

विद्युतमा फड्को: नेपालले बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न थाल्यो

494
SHARES
विद्युतमा फड्को: नेपालले बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न थाल्यो

काठमाडौं । नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ ९जुलाई १५० मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युतं निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ ९जुन १५० अर्थात् आइतबार राति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युतं निर्यात सुरु गरेको हो ।

गत वर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत् विक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुसीको खबर भएको बताउनुभयो । “बङ्गलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो,” मन्त्री खड्काले भन्नुभयो ।

नेपालले हरेक वर्ष पाँच महिना वर्षाको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दैआएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत् निर्यात गर्नेछ ।

उर्जामन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयात घटाउन सक्ने प्रमुख क्षेत्र भनेको विद्युत् क्षेत्र भएको बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबिच गत वर्ष सम्झौता भएको थियो ।



nationalnews7 nationalnews7   
  • June 15, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP