Dark Mode

      Subscribe

जेठ महिनामा सर्वाधिक घरजग्गा किनबेच, तराई क्षेत्रमा धेरै

715
SHARES
जेठ महिनामा सर्वाधिक घरजग्गा किनबेच, तराई क्षेत्रमा धेरै

काठमाडौं। यस वर्ष जेठ महिनामा सर्वाधिक घरजग्गा किनबेच भएको तथ्यांक सार्वजनिक भएको छ । जेठ महिनामा चालु आर्थिक वर्षकै सर्वाधिक धेरै घरजग्गा किनबेच भएको तथ्यांक सार्वजनिक भएको हो ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठमा ५६ हजार लिखत पारित भएको छ।

तर, यो पोहोर जेठको तुलनामा भने ८.४२ प्रतिशत कम हो । पोहोर जेठमा ६१ हजार १६१ लिखत पारित भएको थियो। आर्थिक गतिविधि सुस्ताउँदा पछिल्लो तीन वर्षदेखि शिथिल बनेको घरजग्गा कारोबार लयमा फर्किन सकेको छैन।

घरजग्गा कारोबार तराई क्षेत्रमा धेरै देखिएको छ । सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै २१५८ लिखत पारित भएको छ । यस्तै जनकपुरमा १९७८, झापाको भद्रपुरमा १७४०, मोरङको बेलवारीमा १७३२, सप्तरीको राजविराजमा १६५९, सिरहामा १३३८, सर्लाहीको मलंगवामा १२५४ र कैलालीको धनगढी मालपोतमा १२४९ लिखत पारित भएको विभागको तथ्यांक छ।



nationalnews7 nationalnews7   
  • June 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP