Dark Mode

      Subscribe

विदेशबाट चाँदी आयात गर्न सटही सीमा बढ्यो, अब उद्योगले प्रतिपटक ५ लाख डलरसम्म सटही पाउने

988
SHARES
विदेशबाट चाँदी आयात गर्न सटही सीमा बढ्यो, अब उद्योगले प्रतिपटक ५ लाख डलरसम्म सटही पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातसँग सम्बन्धित सटही सुविधा (foreign exchange facility) को सीमा बढाएको छ। अबदेखि सुनचाँदी व्यवसाय गर्ने उद्योगहरूले औद्योगिक प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा लिन सक्नेछन्।

यसअघि यस्तो सीमा ३ लाख डलर तोकिएको थियो। राष्ट्र बैंकले आइतबार विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायहरूलाई परिपत्र जारी गर्दै उक्त सीमा २ लाख डलरले बढाएर ५ लाख डलर पुर्‍याएको हो।

तर, अन्य साधारण सुनचाँदी व्यवसायीहरूले चाँदी आयात गर्दा भने सटही सुविधा १ लाख डलरसम्म मात्र उपलब्ध हुनेछ। यसका अतिरिक्त, चाँदीका गरगहना तथा कलात्मक वस्तु निर्यात गर्ने व्यवसायीहरूलाई भने निकासी आदेशको पुष्टि हुने अग्रिम भुक्तानी, प्रतीतपत्र (LC) वा खरिद आदेशको आधारमा आवश्यक भएमा सटही सुविधा उपलब्ध गराइनेछ। यस्तो खण्डमा भने आयात भुक्तानीको सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकको नयाँ प्रावधानअनुसार, प्रत्येक पटक सटही सुविधा दिँदा सम्बन्धित वाणिज्य बैंकले अघिल्लो सटहीमार्फत आयात भएको चाँदी निर्यात भएको/नभएको यकिन गर्नुपर्नेछ। साथै, निर्यात भुक्तानीमा बक्यौता नरहेको भन्ने व्यवसायीको स्वघोषणा पनि अनिवार्य रूपमा लिनुपर्नेछ, यदि सटही सुविधा कुनै अर्को बैंकमार्फत लिएको भए।



nationalnews7 nationalnews7   
  • August 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP