Dark Mode

      Subscribe

वित्तीय र बजार विवरण समयमै पेस गर्न सूचीकृत कम्पनीहरूलाई नेप्सेको निर्देशन

299
SHARES
वित्तीय र बजार विवरण समयमै पेस गर्न सूचीकृत कम्पनीहरूलाई नेप्सेको निर्देशन

काठमाडौँ, — नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र बजारमा पारदर्शिता कायम राख्न र लगानीकर्ताको हित सुरक्षित गर्न सूचीकृत कम्पनीहरूका लागि नयाँ निर्देशन जारी गरेको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ र सूचीकरण सम्झौताका सर्तअनुसार नेप्सेले कम्पनीहरूलाई विभिन्न वित्तीय, बजारसम्बन्धी र कर्पोरेट विवरणहरू तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको हो।

अबदेखि:

वार्षिक विवरण: सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र लेखापरीक्षित वित्तीय विवरणसहित लेखापरीक्षकको प्रतिवेदन नेप्सेमा बुझाउनु पर्नेछ।

त्रैमासिक विवरण: प्रत्येक त्रैमास समाप्त भएको ३० दिनभित्र कम्पनीले निम्न विवरणहरू पेश गर्नुपर्नेछ:

प्रति सेयर आम्दानी (EPS)

मूल्य/आय अनुपात (P/E Ratio)

प्रति सेयर खुद सम्पत्ति मूल्य (Net Worth per Share)

प्रति सेयर कुल सम्पत्ति मूल्य

तरलता अनुपात

सामूहिक लगानी कोष: योजना व्यवस्थापकहरूले प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र योजनाको खुद सम्पत्ति मूल्य (NAV) र लगानीसम्बन्धी मासिक विवरण नेप्सेमा बुझाउनु पर्नेछ।

संवेदनशील जानकारी: धितोपत्रको दाखिला वा खारेज बन्द हुनेजस्ता संवेदनशील सूचना नेप्सेलाई कम्तीमा ७ दिनअघि जानकारी गराउनु पर्नेछ।

नेप्सेले सूचनाको समयमै प्रकाशनले बजारमा पारदर्शिता बढ्ने, लगानीकर्ताहरूले सूचित निर्णय लिन सक्ने र सम्पूर्ण पूँजी बजारमा विश्वास बढ्ने अपेक्षा गरेको छ।



nationalnews7 nationalnews7   
  • September 7, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP