Dark Mode

      Subscribe

२७ अंकले बढ्यो नेप्से, ५ अर्ब ३४ करोडको कारोबार

2.2K
SHARES
२७ अंकले बढ्यो नेप्से, ५ अर्ब ३४ करोडको कारोबार

काठमाडौँ । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । तीन दिन लगातार घटेको बजार चौथौ दिनमा २७.४१ अंकले बढेको हो । आज परिसूचक २६४५.३६ बिन्दुमा उक्लिएको छ ।

आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिद-बिक्री हुदा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ ।

 

२१३ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो भने २ को स्थिर रहेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.४६ प्रतिशत बढेको छ ।

 

बैंकिङ ०.३६, विकास बैंक १.५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार ०.७५ प्रतिशत बढेको हो ।

 



nationalnews7 nationalnews7   
  • October 28, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP