Dark Mode

      Subscribe

६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

1.1K
SHARES
६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै । चालू आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ६ महिनाको अर्थात् साउनदेखि पुससम्मको आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्टअनुसार ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यो गएको आर्थिक वर्षको भन्दा ४ दशमलव १ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव १ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड डलर पुगेको छ । यस्तै ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ लाख ९३ हजार जना रहेको छ ।

अघिल्लो वर्षको ६ महिनामा ३ लाख ४० हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । यसैबीच चालू आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ६ महिनामा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो ।



nationalnews7 nationalnews7   
  • February 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP