Dark Mode

      Subscribe

७ महिनामा सुनको मूल्य ४३ प्रतिशतले बढ्यो

1K
SHARES
७ महिनामा सुनको मूल्य ४३ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कअनुसार ७ महिनामा सुनको मूल्य ४३ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा २०८० माघ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २०१५.२० रहेको थियो । २०८१ माघ मसान्तमा ४३.४८ प्रतिशतले वृद्धि भई प्रति आउन्स २८९१.५० अमेरिकी डलर पुगेको छ ।

२०८१ असार मसान्तको तुलनामा २०८१ माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.८० प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.०५ प्रतिशतले अवमूल्यन भएको थियो । २०८१ माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३८.६३ पैसा पुगेको छ ।

कच्चा पेट्रोलियमको मूल्य भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा २०८० माघ मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रति ब्यारल अमेरिकी डलर ८३.८८ रहेको थियो । २०८१ माघ मसान्तमा १०.१३ प्रतिशतले कमी आई अमेरिकी डलर ७५.३८ कायम भएको छ ।



nationalnews7 nationalnews7   
  • March 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP