Dark Mode

      Subscribe

सात अंकले घट्दा चार अर्ब ३४ करोडको शेयर किनबेच

975
SHARES
सात अंकले घट्दा चार अर्ब ३४ करोडको शेयर किनबेच

काठमाडा । नेप्से पुन घटेको छ । अघिल्लो दिन १० दशमलव १४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन सात दशमलव ६६ अंकले घटेर २६ सय ९७ दशमलव शुन्य चार अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ५० हजार आठ सय ३४ पटकको कारोबारमा ८२ लाख ३७ हजार नौं सय दुई कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३४ करोड ६६ लाख ३२ हजार दुई सय ६३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको शेयर कारोबार भएकोमा अन्य समुहको सुचक दुई दशमलव ६८ अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक दुई दशमलव शुन्य एक अंकले घटेर १३ सय ७३ दशमलव ८२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २४ दशमलव ३२ अंकले घटेर पाँच हजार छ सय ५० दशमलव ६० अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि ९५ दशमलव ३४ अंकले घटेर १३ हजार पाँच सय २५ दशमलव शुन्य आठ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव ५६ अंकले घटेर १२ हजार छ सय सात दशमलव ९६ अंकमा झरेको छ ।



nationalnews7 nationalnews7   
  • March 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP