Dark Mode

      Subscribe

महेशपुर भन्सारबाट १६ करोड राजस्व संकलन

845
SHARES
महेशपुर भन्सारबाट १६ करोड राजस्व संकलन

नवलपरासी । बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १६ करोड ६६ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार आव २०८१/८२ मा १५ करोड ४६ लाख ९१ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेको थियो ।

भन्सार महसुल आयाततर्फ १० करोड २० लाख ५८ हजार, कृषि सुधार शुल्कतर्फ १४ लाख ७३ हजार रूपैयाँ, भन्सारसम्बन्धी अन्य आय (पैठारी भन्सार सेवा दस्तु)तर्फ पाँच लाख ४८ हजार रूपैयाँ, अग्रिम आयकर २७ हजार रूपैयाँ र मूल्य अभिवृद्धिकर चार करोड ८३ लाख आठ हजार रूपैयाँ सङ्कलन भएको छ ।

यसैगरी अन्त:शुल्क ४८ लाख ६२ हजार रूपैयाँ, सडक मर्मत तथा सुधार दस्तुर पाँच लाख १२ हजार रूपैयाँ, हरित कर ११ लाख ३५ हजार रूपैयाँ, अन्य कर तथा शुल्क (अन्य प्रशासनिक सेवातर्फ) ११ लाख ३९ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख उपाध्यायका अनुसार २०७५ असोज ७ गते महेशपुर छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्थापना गरिएको हो ।



nationalnews7 nationalnews7   
  • July 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP