Dark Mode

      Subscribe

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम: पूँजी बजार सुधार, पारदर्शिता वृद्धि र लगानीको वातावरण सुधारमा जोड

624
SHARES
धितोपत्र बोर्डको नीति तथा कार्यक्रम: पूँजी बजार सुधार, पारदर्शिता वृद्धि र लगानीको वातावरण सुधारमा जोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत पूँजी बजार सुधार, पारदर्शिता वृद्धि र लगानीको वातावरण सुधारमा जोड दिएको छ । धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र कम्पनी रजिष्ट्रार कार्यालयबीच समन्वय गर्दै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलसम्बन्धी लगानी समस्याहरू समाधान गर्न विशेष उपाय लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बोर्डले धितोपत्र बजारमा ऋणपत्र, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र विदेशी लगानी प्रवाहलाई सहज बनाउने गरी कानूनी र नीतिगत संरचनामा आवश्यक सुधार गर्ने जनाएको छ । दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपछि मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै धितोपत्रको प्राथमिक निष्काशन (आईपीओ) मा आवेदन दिनसाथ बैंक खाताको रकम रोक्का हुने व्यवस्था गर्ने भएको छ । बोर्डले नीति तथा कार्यक्रमा आईपीओमा आवेदन दिँदा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सीडीएस एण्ड क्लियरिङबाट ‘एपीआई’ लिए आवेदकको आवेदन तत्कालै ‘सिस्टम भेरीफिलकेसन’ भई, आवेदन रकम रोक्का हुने तथा त्यसै अनुसार धितोपत्र बाँडफाटपछि फुकुवा हुने व्यवस्था गर्ने घोषणा गरेको हो ।



nationalnews7 nationalnews7   
  • July 24, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP