Dark Mode

      Subscribe

समृद्धि फाइनान्सको वित्तीय विवरण देखिएको सुधारको आशा

702
SHARES
समृद्धि फाइनान्सको वित्तीय विवरण देखिएको सुधारको आशा

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको छ । लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले चौथो त्रयमासमा तीन करोड १९ लाख नाफा कमाउन सफल भएको छ ।

यस अवधिमा संस्थाको निक्षेप संकलन १३ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी नौं दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ । उच्च रुपमा रहेको निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको ।

अघिल्लो वर्षको सोही अवधिमा १९ दशमलव ९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा नौं दशमलव ६६ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी तीन अर्ब ९० करोड रुपैंयाँ रहेको छ ।

सानो व्यवसाकिय आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्कृय कर्जा रहेकोमा क्रमिक रुपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ ।

पोखरा फाइनान्ससँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रुपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभाशं प्रदान गर्ने अठोट लिएको छ ।



nationalnews7 nationalnews7   
  • August 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP