Dark Mode

      Subscribe

ग्यास अभावमा उद्योगमन्त्रीको गोलमटोल जवाफ : समस्याको जरो लुकाउँदै केही दिनमै सहज हुने आश्वासन

130
SHARES
ग्यास अभावमा उद्योगमन्त्रीको गोलमटोल जवाफ : समस्याको जरो लुकाउँदै केही दिनमै सहज हुने आश्वासन

 

काठमाडौं । प्रतिनिधिसभा बैठकमा चर्को रूपमा उठेको खाना पकाउने ग्यासको अभावसम्बन्धी विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्पष्ट र चित्तबुझ्दो जवाफ दिनुको सट्टा झारा टार्ने शैली अपनाएकी छन्।

सत्तारुढ दलकै सांसदहरूले कृत्रिम अभाव हो वा आयातमा कमी, यसबारे यथार्थ विवरण माग गर्दै वैकल्पिक उपाय र कडा अनुगमनको जोडदार माग गरे पनि मन्त्रीले ठोस कारण खुलाउन सकिनन्। उनले केही दिनभित्रै आपूर्ति व्यवस्था सहज हुने भन्दै केवल आश्वासन मात्र बाँडिन् र सांसदहरूले खोजे जस्तो समस्याको खास जरो प्रष्ट पार्न असफल रहिन्।

मन्त्री यादवले २०८३ साल साउनदेखि आधा र पूरा सिलिन्डरको व्यवस्था सुरु भएपछि माग उच्च भएकाले बजारमा केही असहजता सिर्जना भएको दाबी गरिन्। उनले आर्थिक वर्ष २०८१र०८२ मा ५ लाख ५४ हजार ६१२ मेट्रिक टन ग्यास आयात भएकोमा आर्थिक वर्ष २०८२र०८३ मा घटेर ५ लाख २० हजार ५ सय २५ मेट्रिक टन मात्र आयात भएको तथ्याङ्क प्रस्तुत गरिन्।

हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको, कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन तथा दैनिक फिलिङ क्षमता करिब १ करोड ७५ लाख सिलिन्डर रहेको जानकारी दिँदै उनले बढेको माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालय लागिपरेको बताइन्।

बजारको माग अत्यधिक वृद्धि भएपछि वितरणमा देखिएका समस्या समाधानका लागि भारत सरकारसँग ३ महिनाको लागि कोटा ४९ हजार ५ सय मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टन पुर्‍याउन परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरिएको मन्त्रीले जानकारी दिइन्।



nationalnews7 nationalnews7   
  • August 7, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP