Dark Mode

      Subscribe

नेप्सेमा उच्च अंकले गिरावट, सात अर्ब ७३ करोडको शेयर किनबेच

741
SHARES
नेप्सेमा उच्च अंकले गिरावट, सात अर्ब ७३ करोडको शेयर किनबेच

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से २७ दशमलव १४ अंकले घटेर २७ सय ६१ दशमलव २२ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ८६ हजार छ सय ६९ पटकको कारोबारमा दुई करोड पाँच लाख १३ हजार छ सय २५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव एक अंकले घटेर १४ सय ३१ दशमलव ३४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३० दशमलव ३३ अंकले घटेर पाँच हजार आठ सय २८ दशमलव ५९ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २३ दशमलव ४१ अंकले घटेर दुई हजार चार सय ७८ दशमलव ४९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २७ दशमलव ७५ अंकले घटेर तीन हजार पाँच सय ७४ दशमलव ५२ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ९३ दशमलव ६९ अंकले घटेर १२ हजार ९७८ दशमलव ५८ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८५ दशमलव छ अंकले घटेर १२ हजार तीन सय ४० दशमलव ६८ अंकमा झरेको छ ।



nationalnews7 nationalnews7   
  • August 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP