Dark Mode

      Subscribe

सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ

143
SHARES
सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएकी छन् । मंगलबार साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिएकी हुन् । ब्रिफिङ सुनेपछि प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले सुरक्षा प्रमुखसँग ब्रिफिङ लिँदा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायत उपस्थित थिए । उक्त बैठकमा सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि गरिएको छ । (रासस



nationalnews7 nationalnews7   
  • February 24, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP