Dark Mode

      Subscribe

सरकारको नियतमा शंका छैन तर ढंग पुगेन : मनिष झा

156
SHARES
सरकारको नियतमा शंका छैन तर ढंग पुगेन : मनिष झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले काम गर्ने ढंग नपुर्याएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद झाले सरकारको नियतमा कुनै शंका नभएको बताउदै काम गर्ने ढंग भने नपुगेको देखिएको टिप्पणी गरेका हुन्।

उनले विकासमा दिगोपन र सन्तुलन आवश्यक भएको भन्दै त्यसका स्टेक होल्डहरु असुरक्षित रहेको बताए। उनले मधेशमा हालैको आगो निभेको भन्दै आगो निभेपनि दाउरा बाँकी नै रहेको भन्दै सरकारलाई सचेत गराएका छन्।

सांसद झाले मधेशमा विभेद कायम रहेको बताउदै विमानबाट आउदा ल्यापटप ल्याउन दिने तर गरिबले सीमामा चिप्स ल्याउदा पक्रिने गरेको भन्दै सरकारको आलोचना गरेका थिए।



nationalnews7 nationalnews7   
  • August 7, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP