Dark Mode

      Subscribe

सेयर बजार लगातार तेस्रो दिन उच्च अंकले बढ्यो

1K
SHARES
सेयर बजार लगातार तेस्रो दिन उच्च अंकले बढ्यो

काठमाडौं । सेयर बजार लगातार तेस्रो कारोबारे दिन उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार २९ दशमलव ८२ अङ्कले बढेर २ हजार ६ सय ९३ दशमलव १२ विन्दुमा पुगेको छ ।

आइतबार म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लगानी, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आइतबार जोशी हाइड्रोेपावर डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु स्मार्ट फन्ड समूहको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।



nationalnews7 nationalnews7   
  • March 30, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP